images

महिला टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा दक्षिण अफ्रिका र श्रीलंका भिड्ने

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको आठौं संस्करण आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ ।

उद्घाटन खेल राति पौने ११ बजेदेखि आयोजक दक्षिण अफ्रिका र श्रीलंकाबीच हुनेछ । १० टोलीको सहभागिता रहेको टी–२० विश्वकप दक्षिण अफ्रिकाको आयोजनामा हुँदैछ ।

१७ दिने प्रतियोगिताको फाइनल खेल २६ फेब्रुअरीमा केप टाउनमा हुनेछ । १० टोलीलाई ५–५ गरी दुई समूहमा विभाजन गरिएको छ । फागुन २१ गतेसम्म १० टोलीबीच समूह चरणका २० खेल हुनेछन् ।

समूह चरणका केही खेल साँझ पौने ७ बजे र केही राति पौने ११ बजे सुरु हुनेछन् । दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । फेब्रुअरी २३ र २४ का दुवै सेमिफाइनल र त्यसपछि फाइनल २६ फेब्रुअरीमा केप टाउनको न्युल्यान्ड्स मैदानमा हुनेछ । सबै नकआउट खेलहरू साँझ पौने ७ बजे सुरु हुनेछन् ।

समूह–१ मा ५ टोली र बाँकी ५ टोली समूह–२ मा परेका छन् । भारत समूह–२ मा एक पटकको च्याम्पियन इंग्ल्याण्ड र वेस्ट अष्ट्रे इन्डिजसँग छ । यो समूहमा पाकिस्तान र आयरल्याण्ड पनि छन् । यस्तै, डिफेन्डिङ च्याम्पियन लिया समूह–१ मा बंगलादेश, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र श्रीलंका छ ।

अष्ट्रेलियाको महिला टोली टी–२० विश्वकपको इतिहासमा सबैभन्दा सफल टोली हो । टोलीले ७ मध्ये ५ पटक उपाधि जितेको छ । गत प्रतियोगितामा भारतलाई पराजित गर्दै टोली च्याम्पियन बनेको थियो ।

अस्ट्रेलिया बाहेक इंग्ल्याण्डले सन् २००९ मा र वेस्ट इन्डिजले २०१६ मा एक–एक पटक उपाधि जितेको थियो । यी टोलीबाहेक न्युजिल्यान्ड २ पटक र भारतको टोली १ पटक उपविजेता बनेका छन् ।

दक्षिण अफ्रिकाको टोली धेरै पटक सेमिफाइनलमा पुगेको छ । श्रीलंका, पाकिस्तान, बंगलादेश र आयरल्यान्डका टोली भने विश्वकपमा समूह चरणभन्दा अगाडि बढ्न सकेका छैनन् ।