images

यु–२० महिला फुटबल टिमको प्रदर्शनप्रति प्रशिक्षक गुरुङ सन्तुष्ट

काठमाडौं । बंगलादेशमा आयोजना भएको यु–२० महिला साफ च्याम्प्यिनसिपमा उपविजेता बनेको महिला टोलिको समग्र प्रदर्शन राम्रो रहेको प्रशिक्षक यामप्रसाद गुरुङले बताएका छन् ।

खेलाडीले अनुभव लिने मौका पाएको भन्दै प्रशिक्षक गुरुङले कुनैपनि उमेर समूहको प्रतियोगिता नखेलेको टोली बनाएर खेलाउँदा आपूm सफल भएको बताएका छन् । उनले फाइनलमा नेपाली समर्थकलाई खुशी दिलाउन नसकेकोमा दुःख व्यक्त गरे ।

प्रशिक्षक यामप्रसाद गुरुङले फ्लड लाइट, मैदान र म्याच बलका कारण नेपाली खेलाडीले स्वभाविक खेल खेल्न नसकेको स्वीकार गरे ।

प्रशिक्षक गुरुङले भनेजस्तै मैदान, बल र फ्लड लाइटका कारण शुरुवाती खेलमा स्वभाविक खेल देखाउन नसकेको खेलाडी बताएका छन् ।

सम्पन्न संस्करणमा मात्र नेपाल बंगलादेशसँग दुई पटक स्तब्ध हुन पुग्यो । यसअघि यु–१८, यु–१९ को नामले आयोजना भएको प्रतियोगिता यस संस्करण यु–२० को नाममा साफले आयोजना गरेको हो । र यससँगै बंगलादेशले उमेर समूहको प्रतियोगितामा तेस्रो पटक सफलता हात पारेको छ ।

यस अघि बंगलादेशले सन २०१८ र २०२१ मा उपाधि जितेको थियो । नेपाल भने दोस्रो पटक उपविजेता भएको छ । सन २०१८ मा भएको पहिलो संस्करणमा पनि नेपाल फाइनलमा बंगलादेशसँगै पराजित भएको थियो ।