images

प्रिमियर लिगमा आज सात खेल हुँदै, पहिलो खेलमा चेल्सी र वेस्ट ह्याम भिड्दै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज सात खेलहरु हुँदैछन ।

प्रिमियर लिगमा शनिबार आर्सनल, चेल्सी, टोटेनहम लगायतका टोलीको खेलहरु हुँदैछन् । पहिलो खेलमा चेल्सी र वेस्ट ह्यामबीच प्रतिस्पर्धा हुनेछ ।

खेल नेपाली समय अनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ । यस्तै राति ८ः४५ बजे विभिन्न ५ खेलहरु हुँदैछ । जसमा शीर्ष स्थानको आर्सनलले ब्रेन्टफोर्डसँग खेल्ने छ । यस्तै क्रिस्टल प्यालेसले ब्राइटन, फुलहमले नटिङघम फरेस्ट, उल्सले साउथह्याम्पटनसँग खेल्नेछ ।

अर्को खेलमा लेस्टर सिटीले टोटेनहमसँग खेल्नेछ । त्यस्तै न्युकासल र बर्नेमाउथबीचको खेल राति ११: १५ बजे सुरु हुनेछ ।