images
images

मैत्रीपूर्ण खेलका लागि भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको छ ।

एन्फाले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीलाई आइतबार एन्फा कम्प्लेक्समा बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद राखेप का सदस्य सचिव टंक लाल घिसिङ, एन्फाका उपाध्यक्ष वीर बहादुर खड्का, महासचिव किरण राई लगायतले नेपाली टोलीलाई बिदाइ गरका हुन ।

मैत्रीपूर्णका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले नेपाली टोलीको घोषणा गरिसकेका छन् । नेपाली टोली सोमबार भारत प्रस्थान गर्नेछन् ।

नेपाली टोलीले भारतसँग चेन्नईमा फेब्रओरी १५ र १८ मा मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपाली टोलीमा गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ रहका छन् । डिफेन्डरमा हिरा कुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे मडफिल्डरमा विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दीपा शाही, रेणुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई, अनिता केसी रहेका छन् भने फरवार्डका अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक सहभागी रहेका छन् ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS