images

केपी ओली कप राष्ट्रिय फुटबलको ‘ड्र’ सार्वजनिक, पहिलो खेलमा पुलिस र सातदोबाटो भिड्ने

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उदघाटन खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् ।

आयोजक राष्ट्रिय युवा संघ नेपालले आइतबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार पहिलो खेलमा पुलिस र सातदोबाटो भिड्ने भएका हुन् ।

पुलिस र सातदोबाटोबीचको खेल फागुन ११ गते एन्फा कम्प्लेक्समा हुनेछ ३ बजे शुरु हुनेछ । प्रतियोगिताको फाइनल बाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । फाइनल खेल भने दशरथ रंगशालामा आयोजना हुनेछ ।   

प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म हुनेछ । प्रतियोगिता आठ टोलीको सहभागिता रहने छ । 

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।