images
images

लुम्बिनीका ७ मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । लुम्बिनी प्रदेशका ७ जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । दाङमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ दिलाएका हुन् ।

पुनर्गठित मन्त्रिपरिषदमा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका थिए ।

आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शपथ लिएका हुन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS