images

स्पट फिक्सिङ: सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन, तीन वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने सिफारिस

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी) ले नेपाल टी–२० लिगमा भएको भनिएको स्पट फिक्सिङ सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

सीआईबीका एसपी सन्जय सिंह थापाका अनुसार १२ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुलाई खेलकुद ऐन अनुसार तीन वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने सिफारिस गरिएको छ ।

नेपाली टी–२० लिग गत पुस ९ देखि २७ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको थियो । प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल अन्सारी, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन् ।