images

पहिलो मैत्रीपूर्ण खेलमा आज नेपालले भारतको सामना गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

आजको खेलमा नेपाली टोली सहज जित निकाल्ने अपेक्षामा हुनेछ । साफ महिला च्याम्पियनसिप पछि नेपालले पहिलो पटक भारतसँग खेल्न लागेको हो । साफमा नेपालले भारतलाई हराएको थियो ।

गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रने नेपाललाई आजको खेलमा हराउँदै आफूलाई बलियो सावित गर्ने मौका छ । यता भारत पनि नेपाललाई हराउँने योजनामा हुनेछ ।

भारत पछिल्लो सयम बलियो अवस्थामा छ । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण शनिबार हुनेछ ।