images

नामिबियामाथि स्कटल्याण्डको फराकिलो जित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा जारी त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा स्कटल्यान्डले जित निकालेको छ ।

किर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा नामिबियालाई १० बिकेटको फराकिलो अन्तरले जित निकालेका हो ।

नामिबियाले प्रस्तुत गरेको १ सय ५४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २२ दशमलब १ ओभरमा पुरा गरेको थिया । स्कटल्याण्डले कुनै पनि विकेट नगुमाई जित हासिल गरेको हो । यो शृङ्खलामा स्कटल्यान्डको यो पहिलो खेल हो ।

स्कटल्यान्डको जितमा आक्रामक रूपमा प्रस्तुत भएका मुन्सेले ६१ बलमा १२ चौका र सात छक्कासहित १ सय ३ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मुन्सेको यो पहिलो शतक हो ।

टस हारेपछि ब्याटिङमा निम्त्याइएको नामिबियाले ३९ दशमलब २ ओभरमा सबै विकेट गुमाएर १ सय ५३ रनमा समेटिएको थियो । सो खेलमा स्कटल्यान्डका माइकल लियस्कले चार विकेट लिए भने सफ्यान सरिफ र मार्क वाटले समान तीन तीन विकेट लिएका थिए ।

नामिबिया यसअघि मंगलबार भएको खेलमा नेपालसँग दुई विकेटले पराजित भएको थियो । जितसँगै ३३ खेलबाट ४८ अंक जोडेको स्कटल्यान्ड तालिकाको शीर्ष स्थानमा रहेको छ ।

स्कटल्यान्डले अब शुक्रबार नेपालसँग खेल्नेछ ।