images

दोस्रो मैत्रीपूर्ण खेलमा आज नेपाल र भारत भिड्दै

काठमाडौं । नेपाली महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा शनिबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ ।

नेपाल दोस्रो मैत्रीपूर्णमा घरेलु टोलीलाई हराउने योजनासहित मैदान उत्रनेछ । भारत पनि नेपाललाई हराउने योजनामा हुनेछ ।

पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २–२ को बराबरी खेलेको थियो ।

ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा दिएको हो ।