images

२४ घण्टामा कोरोना संक्रमितको संख्या शून्य, बुस्टर डोज खोप लगाउनेको संख्या ७९ लाख ७२ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या शून्य पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ६६७ जनाको नमूना परीक्षण गरिएकोमा कसैमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

१८९ जनाको पीसीआर र ४७८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन ।

आइतबार देशभर २ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका हुन् । १५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

२४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाउनको संख्या ७९ लाख नाघेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ७९ लाख ७२ हजार ७९१ जनाले बुस्टर डोज खोप लगाएका हुन् ।

कोभ्याक्स सुविधा अन्तर्गत सरकारले ओमिक्रोनको नयाँ भेरियन्टलाई समेत काम गर्ने बाइभ्यालेन्ट खोपको ३ लाख ४५ हजार मात्रा फागुन १ गते प्राप्त गरेको छ ।