images

एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा हुँदै

काठमाडौं । १६ औं संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।

नेपाल एथलेटिक्स एसोसियसनले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता नेपालमा आयोजना हुने जनाएको हो । एसियन एथलेटिक्स एसोसियसनको तत्वावधानमा हुने प्रतियोगिता फागुन २३ गते बिहीबार आयोजना हुने छ ।

प्रतियोगितामा नेपालसहित एसियाका ३० देखि ४० राष्ट्रका करिव ४ सय ५० जना खेलाडीहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।

गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टको एरियामा संचालन हुने प्रतियोगितामा सिनियर पुरुष र महिलातर्फ १० कि. मि., २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ कि.मि. र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ कि.मि.का कूल ४ विधामा व्यक्तिगत र टिम ईभेन्टसहरुमा प्रतिष्पर्धा हुनेछ । यस प्रतियोगिता नेपालले दोश्रो पटक आयोजना गर्ने लागेको हो ।

यस अघि करिव २४ वर्ष अगाडी सन् १९९९ मा यस प्रतियोगिता नेपालले आयोजना गरेको थियो ।