images
images

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव

काठमाडौं। दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन डेरी उद्योगहरुले प्रस्ताव गरेका छन्।

दूधको उत्पादन र लागत खर्चका आधारमा मूल्य १० रुपैयाँ बढाउन प्रस्ताव गरेको नेपाल डेरी एसोसिएसनले जनाएको छ।

हरेक वर्ष दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको समन्वयमा दूधको मूल्य प्रस्ताव गर्छ। त्यो मूल्य कृषि मन्त्रालयमार्फत मन्त्रिपरिषद्बबाट सिफारिस भएर कार्यान्वयनमा आउँछ।

गत पुसमा डेरी उद्योगले आफुखुसी दूधको मूल्य बढाएका थिए। प्रतिलिटर १४ रुपैयाँ दूधको मूल्य बढाइएपछि दुग्ध विकास बोर्डको हस्तक्षेपपछि रोकिएको थियो । त्यसपछि बोर्डले सातै प्रदेशमा दुधको उत्पादन लागत खर्च लगायत अध्ययन गर्न टोली बनाएको थियो। टोलीहरुले विभिन्न प्रदेशबाट किसान तथा उद्योगहरुको लागत खर्च अध्ययन गरेर आएपछि मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको एशोसिएसनले जनाएको छ।

दैनिक ३१ लाख लिटर दुधको उत्पादन हुने भएपनि पछिल्लो समय २५ लाख लिटर भन्दा कम उत्पादन भएको एशोसिएसनले जनाएको छ । एशोसिएसनले दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातको अनुमति खोल्न समेत माग गरेका छन्। अहिले दूध र दुग्धजन्य पदार्थ आयातमा प्रतिवन्ध छ।

 

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS