images

भारतद्वारा नेपाललाई दुई सय वटा डायलाईसिस मेसिन सहयोग

काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई दुई सय वटा मृर्गौला डायलाईसिस मेसिन सहयोग स्वरुप उपलब्ध गराएको छ ।

सोमबार एक समारोहका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले सो मेसिन हस्तान्तरण गरेका हुन् । करिव एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष सो मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो । समारोहमा स्वास्थ्यमन्त्री गिरीले सो मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरे ।

भारतीय राजदुत श्रीवास्तवले नेपालीको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी सरकारलाई सो मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए ।

भारतले कोभिड संकटका बेला पनि १३२ वटा हेल्थ पोष्ट निर्माणमा आर्थिक सहयोग तथा कोभिड भ्याक्सिनसहितका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो ।