images

स्पट फिक्सिङको आरोपमा ५ जना नेपाली खेलाडीविरुद्ध मुद्दा दर्ता

काठमाडौं । स्पट फिक्सिङ गरेको आरोपमा ५ जनाविरुद्ध मात्र मुद्दा दर्ता भएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । खेलाडीहरु मेहबुब आलम र आदिल अन्सारीसहित नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध मुद्दा दर्ता गरिएको हो । कँडेल र माझी फरार छन् ।

विदेशीको हकमा यकिन नाम थर, वतन खुलेको अवस्थामा वा नेपालमा पक्राउ परेको अवस्थामा अर्को अभियोग पत्र दर्ता गर्ने निर्णय सरकारी वकिल कार्यालयले जनाएको छ ।

नेपाल टी–२० लिगका आयोजक सेभेन थ्री स्पोर्ट्सका जतिन अहलुवालिया र अभिषेक शक्लानी, वेस्ट इन्डिजका खेलाडी आन्द्रे म्याकर्थी तथा भारतीय नागरिकहरु समिर शेख, विरेन्द्र शाह र विकाश ध्यानी नेपालविरुद्ध पक्राउ परे वा उनीहरुको नाम थर, वतन खुलेको अवस्थामा अर्को अभियोग पत्र दर्ता हुने सरकारी वकिल कार्यालयले निर्णय लिएको छ ।