images

यू–१९ क्रिकेट टोलीको बिदाइ

काठमाडौं। आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्ने नेपाली टोलीलाई बिदाइ गरिएको छ । यूएईमा आयोजना हुने प्रतियोगिता खेल्न जाने नेपाली टोलीको नेपाल क्रिकेट संघ ९क्यान० ले बुधबार बिदाइ गरेको हो ।

नेपाली टोली बुधबार नै त्यसतर्फ प्रस्थान गर्नेछ । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद ९राखेप० का सदस्य सचिव टंक लाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायत क्यानका पदाधिकारीले बिदाइ गरे ।

बिदाई कार्यक्रमपछि बोल्दै नेपाली टोलीका कप्तान देव खनालले अभ्यास राम्रो भएको भन्दै प्रतियोगितामा पनि राम्रो नतिजा लिएर स्वदेश फर्किने बताएका छन् ।

पोखरामा भएको अभ्यास र घरेलु मैदानमा सिनियर टोलीसँग खेलेका केही अभ्यास खेलबाट टोलीको प्रदर्शनमा सन्तोषजनक भएको भन्दै कप्तान खनालले टोलीको मूख्य लक्ष्य विश्वकपमा छनोट हुने भएको बताए।

प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ । प्रतियोगितामा नेपालसहित सिंगापुर,कतार,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । नेपालको पहिलो खेल २४ फेब्रुअरीमा सिंगापुरविरुद्ध रहेको छ ।