images

एनआरटीलाई पेनाल्टी सुटआउटमा हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा

काठमाण्डौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

एन्फा कम्प्लेक्समा न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । अब आर्मीले सेमिफाइनलमा सातदोबाटो युथ क्लबसँग खेल्नेछ । राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ।