images
images

कुवेतलाई हराउँदै विश्वकप छनोटमा नेपालको सानदार जित

काठमाडौं । आइसिसी यू-१९ विश्वकप छनोटमा नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ। युएई जारी प्रतियोगिता नेपालले दोस्रो खेलमा कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गर्‍यो।

नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेत ३०.५ ओभरमा १०० रनमा अलआउट भयो।

यसअघि नेपालले शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराएको थियो।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा ३४३ रन जोडेको थियो। नेपालका लागि ओपनिङ ब्याट्सम्यान अर्जुन कुमालले १०८ रन जोड्दा कप्तान देव खनालले १२५ रन बटुले।

कुमालले ११२ बलमा १२ चौका हिर्काए भने खनालले ११७ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।

नेपालले अब तेस्रो खेलमा फागुन १५ गते हङकङसँग खेल्नेछ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS