images

राष्ट्रियसभाद्वारा सांसद रहमानको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं । राष्ट्रियसभाले जनता समाजवादी पार्टी, नेपालका प्रतिनिधिसभाका सांसद शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

आईतबार बसेको राष्ट्रियसभा बैठकले सांसद रहमानको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले स्वर्गीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ ।

झापाको भद्रपुर निवासी स्वर्गीय सांसद रहमान जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभाको समानुपातिक सांसद हुनुहुन्थ्यो । उहाँको हृदयघातका कारण भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचारको क्रममा शनिवार निधन भएको थियो ।