images

मेसी बने फिफा वर्ष खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा प्लेयर अफ द इयर अवार्ड जितेका छन् ।

फिफा द बेस्ट अवार्ड २०२२ अन्तर्गत मेसीले पुरुषतर्फ प्लेयर अफ द इयर अवार्ड जितेका हुन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्डले फ्रान्सका केलियन एमबाप्पे र करिम बेन्जिमालाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मेस्सीले अर्जेन्टिनालाई आफ्नो कप्तानीमा कतार विश्वकपको उपाधि दिलाएका थिए । मेस्सीले २०२१÷२२ मा क्लब र राष्ट्रका लागि ४९ खेलमा २७ गोल गरेका थिए । महिलातर्फको प्लेयर अफ द इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।

पुरुषको कोच अफ द इयर अवार्ड अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले जिते । महिलाको कोच अफ द इयर अवार्ड सरिना वेइगम्यानले हात पारिन् ।
गोलकिपर अफ द इयर अवार्डको पुरुषतर्फ अर्जेन्टिनाका इमिलियानो मार्टिनेज र महिलामा मारी एअर्प्सले जितिन् ।

मार्सिन ओलेक्सीले पुस्कास अवार्ड प्राप्त गर्दा बेस्ट फ्यान अवार्ड अर्जेन्टिना समर्थक र फेयर प्ले अवार्ड लुका लोचोसभिलीले प्राप्त गरेका छन् ।