images

ए डिभिजन लिगः एफसी खुमलटारद्वारा एक गोल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको उदघाटन खेलमा एफसी खुमलटारले पहिलो गोल गरेको छ । खुमलटारका तर्फबाट मेसुके ओलोमोउले गोल गरेका हुन ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा खुमलटारले गोल गरेको हो । लिगमा नवप्रवेशी भए पनि खुमलटारले अनुभवी फ्रेन्ड्स क्लबमाथि जवरजस्त दवाव कायम गरेको छ ।

पहिलो हाफमा कुनै पनि टोलिले गोल गर्न नसकेपछि २ मिनेट समय थप गरिएको थियो । तर थपिएको समयमा पनि दुबै टिमबाट गोल हुन सकेन ।

उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र एफसी खुमलटार मैदान उत्रिएका छन । जारि खेलमा फ्रेन्ड्स क्लबको कप्तानी प्रकाश बुढाथोकीले गरेका छन भने एफसीको कप्तानी जया गुरुङले गरिरहेका छन् ।

खेलको प्रत्यक्ष प्रशारण स्पेस फो के टेलिभिजनबाट भइरहेको छ ।