images

ए डिभिजन लिगः उद्घाटन खेलमा विद्यार्थीलाई प्रवेश निःशुल्क

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगको आज हुने उद्घाटन खेलमा विद्यार्थीका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

शुक्रबारदेखि सुरु हुने लिगको उद्घाटन खेलमा नवप्रवेशी खुमलटार एफसी र अनुभवी क्लब फ्रेण्ड्स भिड्दैछन्। खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

उद्घाटन खेलमा विद्यार्थीलाई स्कुल र कलेजको परिचय पत्रको आधारमा साधारण प्यारापिटतर्फ निःशुल्क प्रवेश दिईने एमडीएसी स्पोर्टसका प्रमुख कार्यकारी अधिकृत अर्जुन घिमिरेले जानकारी दिए।

एमडीएसीले टिकेटिङ्ग पार्टनर ई सेवासँग सहकार्य गर्दै उद्घाटन खेलमा विद्यार्थीहरुलाई निस्शुल्क प्रवेशको व्यवस्था मिलाएको जनाएको छ।

लिगको उद्घाटन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले गर्नेछन्।