images

ए डिभिजन लिगमा एफसी खुमलटारद्वारा फ्रेन्स क्लब पराजित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको उदघाटन खेलमा एफसी खुमलटार विजयी भएको छ । यसपटक लिगमा डेब्यु गरेको क्लबले अनुभवी मानिएको फ्रेन्डस क्लबलाई पराजित गरेको हो ।

उद्घाटन खेलमा फ्रेण्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै खुमलटारले सुखद् विजयी सुरुवात गरेको हो । फ्रेण्डसका खेलाडीले खेलमा गोलका लागि केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् ।

उदघाटन खेलमा विजयी भएसँगै खुमलटारले ३ अंक जोडेको छ । तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । यसपटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको लिगमा कुल १८२ खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । स्पेस फोर के टेलिभिजनले लिगको प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

लिगमा फेयर प्ले टोलीले ३ लाख पाउनेछन् । मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

पहिलो हाफमा कुनै पनि टोलिले गोल गर्न नसकेपछि २ मिनेट समय थप गरिएको थियो । तर थपिएको समयमा पनि दुबै टिमबाट गोल हुन सकेन ।

उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र एफसी खुमलटार मैदान उत्रिएका छन । जारि खेलमा फ्रेन्ड्स क्लबको कप्तानी प्रकाश बुढाथोकीले गरेका छन भने एफसीको कप्तानी जया गुरुङले गरिरहेका छन् ।

खेलको प्रत्यक्ष प्रशारण स्पेस फो के टेलिभिजनबाट भइरहेको छ ।