images

‘ए’ डिभिजन लिग : पुलिसलाई हराउदै नवप्रवेशी चर्च ब्वाइजको सुखद सुरुआत

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल मैदानमा भएको आजको अर्को खेलमा नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले लिगमा विजयी सुरुआत गरेको छ ।

च्यासल मैदानमा शनिबार भएको डेब्यु खेलमा चर्चले नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।

चर्चको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटेटलाले एक एक गोल गरे । पुलिसका रबि पासवानले एक गोल गरे ।

चर्च ‘बी’ डिभिजन लिगको विजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो ।