images

‘ए’ डिभिजन लिग : मनाङ र हिमालयन १-१ गोलको बराबरी

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लब बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले हिमालयन शेर्पा क्लबसँग १(१ गोलको बराबरी खेलेको हो ।

यस बराबरीसँगै मनाङले पहिलो खेलमा १ अंक जोडेको छ । हिमालयनले पनि पहिलो खेलमा १ अंकबाट लिगको सुरुआत गरेको छ ।