images

‘ए’ डिभिजन लिग फुटबलका आजका खेलहरु सुरु

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजका पहिलो खेलहरु सुरु भएका छन् ।

लिग अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा भइरहेको छ भने च्यासल मैदानमा सुरुभएको खेलमा न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लब मैदान उत्रिएका छन् ।

त्यस्तै आजै दशरथ रंगशालामा हुने दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र जावलाखेलबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ ।