images

‘ए’ डिभिजन लिग : जावलाखेलको सानदार जित, मछिन्द्र ३-१ ले पराजीत

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले सानदार जित हात पारेको छ ।

दशरथ रंगशालामाभएको आजको दोस्रो खेलमा जावलाखेल युथ क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई ३-१ ले पराजीत गरेको हो ।

जावलाखेललाई जित दिलाउन हिसुब थपलिया, एनकोटो मोसाबी र कप्तान सिमान्त थापाले एक एक गोल गरे । मछिन्द्रका देवेन्द्र तामाङले एक गोल फर्काए । जितसँगै जावलाखेलले पहिलो खेलमै ३ अंक जोडेको छ । मछिन्द्रले भने हारबाट लिगको सुरुआत गरेको छ ।

यस भन्दा अगाडि दशरथ रंगशालामै भएको आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीचको खेल बराबरीमा सकिएको छ । दुबै टोलीले पहिलो खेलमा १र१ अंक बाडेका छन् । त्यस्तै, च्यासल रंगशालामा आइतबारनै भएको पहिलो खेलमा न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले हराउँदै सातदोबाटोले सुखद सुरुआत गरेको छ । जितसँगै सातदोबाटोले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

एनआरटीले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ ।