images

ए डिभिजन लिग: पहिलो चरणले देखाएको घरेलु फुटबलको तस्वीर

काठमाडौं । जावलाखेल युथ क्लबले साविक विजेता मच्छिन्द्र फुटबल क्लबलाई ३-१ ले हराएसँगै शहीद स्मारक ए डिभिजन लिग २०२३ को पहिलो चरण समाप्त भएको छ । अंक तालिकामा‌ अहिले जावलाखेल शिर्ष स्थानमा छ किनकि उसँग गोल अन्तर अन्य टोलीको भन्दा राम्रो रहेको छ ।
दोश्रो स्थानमा विभागीय टोली एपिएफ छ । थ्रिस्टारलाई २-० ले सहजै पराजित गरेको‌ एपिएफले कुनै गोल खाएको छैन ।
तेश्रो स्थानमा सातदोबाटो युथ क्लब छ । च्यासल मैदानमा भएको रोमान्चक खेलमा न्यु रोड टिमलाई २-१ ले हराएको थियो।
यसै सिजन लिगमा बढुवा भएको चर्च ब्वाईज युनाइटेडले बलियो पुलिस क्लबलाई २-१ ले पाखा लगाउँदै ३ अंक बटुलेको थियो। चर्च ब्वाईज चौथो स्थानमा छ।
बि डिभिजनको उपबिजेता खुमलटार फुटबल क्लबले उद्घाटन खेलमा फ्रेन्डस क्लबलाई १-० ले हराउँदै ३ अंक सुनिश्चित गर्यो । खुमलटार पाँचौं स्थानमा छ।
८ पटकको किर्तिमानी बिजेता मनाङ मर्स्याङ्दी क्लब भने हिमालयन शेर्पासँग १-१ को बाराबरीमा रोकिन पुग्यो। मनाङ छैठौ र शेर्पा सातौँ स्थानमा छन् ।
बलिया मानिएका आर्मी र संकटाले पनि अंक बाँडे । दुबै टोलीले कुनै गोल गर्न नसक्दा ०-० को नतिजा निकाले । आर्मी र संकटा आठौँ र नवौँ स्थानमा छन्।
त्यसपछि लिगको पहिलो खेलमा नै हार व्यहोरेपछि पुलिस, एनआरटी, फ्रेन्ड्स, थ्रिस्टार क्रमशः छन् भने लिग तालिकाको अन्तिम स्थानमा साविक बिजेता मछिन्द्र रहेको छ ‌।
पहिलो चरणमा कुल ७ खेलमा १५ गोल भयो।

ठुला टोलीको‌ निराशाजनक नतिजा,
यस संस्करण सहिद स्मारक ए डिभिजन लिगको पहिलो चरणको नतिजा हेर्दा ठुला र उपाधि दाबेदार मानिएका टोलिको‌ नतिजा भने सन्तोषजनक रहेन। पहिलो खेलमै लामो समयबाट ए डिभिजन लिग खेलिरहेको फ्रेन्ड्स नवप्रवेशी टोली खुमलटारसँग पराजित भयो ।
लिगको पुर्व बिजेता र इतिहासमा सफल टोली पुलिसले‌ पनि यसै सिजन ए डिभिजनमा बढुवा भएको चर्च ब्वाईजलाई नतिजा सुम्पियो।
कुनै समय राज गरेको थ्रिस्टारले एपिएफको चुनौती पार गर्न सकेन।
ए डिभिजनको सर्वाधिक सफल र सबैभन्दा ठुलो मानिने टोली मनाङ मर्स्याङ्दी क्लब पनि यो सिजनको सुरुवातमै निराश बन्यो। ८ पटकको बिजेता हिमालयन शेर्पासँग अग्रता लिएर पनि बराबरीमा रोकियो भने पछिल्ला वर्षहरूमा सफलताको शिखरमा रहेको मछिन्द्र पनि जावलाखेलसँग लग्ज्जास्पद हार व्यहोर्न पुग्यो।
खेलाडी किनबेचमा जहिल्यै प्रभाव जमाउने ठुला टोलीले राष्ट्रिय टोलीका अधिकांश खेलाडी भेला गरेर राखेका थिए तर तिनै खेलाडी विदेशीएपछि ठुला क्लबलाई मार परेको हो। यतिसम्मकी क्लबलाई टिम पुर्याउनै हम्मे हम्मे पर्दा अखिल नेपाल फुटबल संघ एन्फाले बिदेशी खेलाडीको‌ कोटा बढाउनुपर्ने क्लबको मागलाई सहर्ष स्वीकार गर्यो।
अहिले ठुला टोलीले संघर्ष गर्नुको कारण खेलाडी अभाव सँगसँगै अन्य टोलीको सुधार पनि एक मुख्य कारण हो। चर्च ब्वाईज, खुमलटार, जावलाखेल, एनआरटी, सातदोबाटो जस्ता क्लबले राम्रा विदेशी खेलाडी अनुबन्ध गर्नुका साथै नेपालमै रहेका युवा खेलाडीमाथि विश्वास देखाए। जसको फाइदा अहिले मैदानमा देखिन्छ।
नाम चलेका ठुला टोली अन्य मोफसलका प्रतियोगितामा लगातार व्यस्त रहनु पनि एउटा कारण हुन सक्छ। एन्फाले एउटा ए डिभिजन टोलीले कम्तीमा २/३ मोफसलका प्रतियोगितामा मात्र खेल्न पाउने व्यवस्था गर्नुपर्छ। अहिले एउटा टोलीले बर्षमा कम्तीमा ६/७ वटा प्रतियोगितामा भाग लिरहेका हुन्छन्। जसले गर्दा खेलाडीको फिटनेसमा ठुलो समस्या आइरहेको छ‌। मछिन्द्रका बिमल घर्ती मगर, आर्मीका भरत खवास, जगजित श्रेष्ठ, संकटाका आयुस घलान यसको केहि प्रमुख उदाहरण हुन्।

विदेशी खेलाडीबिना क्लबहरू पानि बिनाको माछा जस्तै,
वर्क परमिटका‌ कारण केही ठुला क्लबका विदेशी खेलाडी‌ खेल्न पाएनन्। तर यसले गर्दा टोलीले संघर्ष गर्नुका साथै पहिलो चरणका नतिजामा असर पार्यो। उदाहरणका लागि फ्रेन्ड्सले बिदेशी खेलाडी बिनै खेल्नुपर्यो। मछिन्द्रमा आन्द्रेस निया, दयानन्द सिंह नहुँदा उसले जावलाखेललाई रोक्नै सकेन। मनाङ मर्स्याङ्दीमा विगतमा जस्तो प्रभावशाली विदेशी स्ट्राइकर नहुँदा खेल अवधिभर राम्रो खेल खेले पनि गोल गर्न सकेन। थ्रीस्टारका पिटर सेगुन नहुँदा डिफेन्स कमजोर बन्यो भने विदेशी गोलकिपर आइनपुग्दा तेश्रो रोजाइका किपरमा भर पर्नुपर्यो।

युवाहरुले जगाएको आशा
सहिद स्मारक ए डिभिजन लिगको‌ पहिलो चरणसम्म केही आशलाग्दा दृश्य पनि देखिए। खेलाडीहरु बिदेशमा पलायन भएर तनाब झेलिरहेको नेपाली फुटबलमा केहि नयाँ खेलाडीको‌ आगमन र युवा खेलाडीको प्रदर्शनले भने आशा जगाएको छ।
खुमलटारका युवा मिडफिल्डर जय गुरुङ्ग, चर्च ब्वाईजका फरवार्ड आशिष चौधरी, थ्रिस्टारका लकेन लिम्बू, मनाङ मर्स्याङ्दीका रोशन राना, कमल थापा, सुमित श्रेष्ठ सातदोबाटो युथका दिपक सिंह ठकुरी, एनआरटीका जन्मेजय धामी, मोहित गुरुङ्ग, हिमालयन शेर्पाका सुरेश कुमाल, मछिन्द्रका उत्सब राई र जावलाखेलका हिसुब थपलियाले आफ्नो प्रभावशाली प्रदर्शनले समर्थकको‌ मन जित्नुका साथै राम्रो फुटबलर हुने संकेत दिए। यि मध्य सातदोबाटोका दिपक र जावलाखेलका हिसुबले नेपाली फुटबलमा धुरन्धर गोलकर्ताको आवश्यकता पुरागर्न सक्ने सम्भावना देखाएका छन्। पहिलो चरणमा सर्वाधिक चर्चित बनेका यि दुईजनालाई आगामी खेलमा धेरैले नजीकबाट नियाल्नेछन्। दिपक २ गोल सहित पहिलो चरणका सर्वाधिक गोलकर्ता पनि हुन्