images

संकटाका कप्तान सुनिल लिग छाेडेर अष्ट्रेलिया जाँदै

काठमाडौं । लिगकै दौरान संकटाका कप्तान नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य सुनिल बल अष्ट्रेलिया जाने भएका छन् ।

राष्ट्रिय टोलीका नियमित सदस्य सुनिल सोमबार साँझ अष्ट्रेलिया प्रस्थान गर्ने छन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग चलिरहदा सुनिल अष्ट्रेलिया जान लागेका हुन् ।

सुनिलले लिग अन्तर्गत संकटाका लागि पहिलो खेल समेत खेलेका थिए ।

पहिलो खेलमा संकटाले आर्मीसँग गोलरहित बराबरी खेलेको थियो ।

अघिल्लो सिजन उनले च्याम्पियन टोली मछिन्द्रबाट खेलेका थिए ।

पछिल्लो समय नेपाली खेलाडीहरु अष्ट्रेलिया जाने क्रम रोकिएको छैन ।

यस अघि विशाल राई सहित एक दर्जन बढी खेलाडी अष्ट्रेलिया गईसकेका छन् ।