images

‘ए’ डिभिजन लिग : आजदेखि दोस्रो चरणका खेल, चर्च ब्वाइज र एफसी तथा फ्रेन्ड्स र थ्री स्टार भिड्दै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि दोस्रो चरणका खेल सुरु हुँदैछन् ।

आज हुने दुईवटा खेलमध्ये एउटा खेल एन्फा कम्प्लेक्स सातदोबाटो र एउटा खेल च्यासल मैदानमा हुनेछ ।

एन्फा कम्प्लेक्समा दिउँसो साढे दुई बजे सुरु हुने खेलमा चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटार खेल्नेछन् ।

चर्च ब्वाइजले पहिलो खेलमापुलिस क्लबलाई हराएको थियो । यस्तै खुमलटारले पहिलो खेलमा फ्रेन्ड्सलाई हराएको थियो ।

यस्तै दिउँसो साढे दुई बजे नै च्यासल मैदानमा हुने खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्सले पहिलो खेलमा खुमलटारसँग हार ब्यहोरेको थियो ।

थ्री स्टार एपीएफ क्लबसँग पराजित भएको थियो ।

यस सिजनको ’ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।