images

अस्ट्रेलिया उडे संकटा क्लबका कप्तान सुनिल बल

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सुनिल बल अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

योसँगै राष्ट्रिय टिमबाट खेल्दाखेल्दै देश छोडेर विदेसिएका खेलाडीको संख्या ३५ नाघेको छ ।सन् २०१८ मा राष्ट्रिय टिमबाट डेब्यू गरेका सुनिल राम्रा मिडफिल्डर हुन् ।

सुनिल संकटा क्लबका कप्तान हुन् । उनले शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबको नेतृत्व गर्दै त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध खेले ।

उनले घरेलु फुटबलका अधिकांश ठुला क्लबबाट ब्यवसायीक फुटबल खेलिसकेका छन् । करियरकै उच्च फर्ममा रहेका उनी गत वर्षको लिगको सर्वोत्कृष्ट खेलाडी बनेका थिए । मछिन्द्रले लगातार दोस्रो पटक लिग उपाधि जित्दा सुनिलको प्रर्दशन प्रभावशाली थियो ।