images

‘ए’ डिभिजन लिगका दुई खेल सुरु

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका दुई खेल सुरु भएको छ ।

लिगमा दुई नव प्रवेशी क्लबहरु चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार बिच एन्फा कम्प्लेक्समा प्रतिष्पधा भइरहेको छ ।

पहिलो खेलमा पुलिस क्लबलाई हराएको चर्च ब्वाइज जारी लिगमा लगातार दुई खेल जित्ने योजनामा छ ।

खुमलटार पनि दोस्रो जितको खोजीमा रहेको छ । खुमलटारले पहिलो खेलमा फ्रेन्ड्सलाई हराएको थियो ।

त्यस्तै, फ्रेन्ड्स क्लब र थ्री स्टार क्लब च्यासल मैदानमा आमने सामने भएका छन् ।

ललितपुरका दुबै टोली आज पहिलो जितको खोजीमा हुनेछन् । लिगको पहिलो चरणको खेलमा फ्रेन्ड्सलाई खुमलटारले हराएको थियो भने थ्री स्टार क्लब एपीएफसँग पराजित भएको थियो ।