images

भलिबलकी उषालाई पिपुल्स च्वाइस अवार्ड

काठमाडौं । भलिबलकी उषा भण्डारीले पिपुल्स च्वाइस अवार्ड जितेकी छिन् ।

मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित १९ औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको विशेष समारोहमा भलिबलकी भण्डारीलाई पिपुल्स च्वाइस अवार्डको उपाधि हस्तान्तरण गरिएको हो ।

क्रिकेटका आशिफ शेख, टेनिसकी अभिलाषा बिष्ट, फुटबलका अञ्जन विष्ट र पौडीकि डुवाना लामालाई पछि पार्दै उषाले अवार्ड जितेकी हुन् । उषाले ३८.०२ प्रतिशत मत प्राप्त गरिन् । दोस्रो भएका अञ्जनले ३१.१४ प्रतिशत मन पाए ।