images

‘ए’ डिभिजन लिग : चर्च ब्वाइज युनाईटेडको लगातार दोस्रो जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाईटेडले लगातार दोस्रो जित निकालेको छ ।

एन्फा कम्प्लेक्समा सातदोबाटोमा मंगलबार भएको खेलमा क्लब एफसी खुमलटारलाई ३-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले लगातार दोस्रो जित निकालेको हो । चर्च ब्वाइजको जितमा आशिष चापागाईले दुई गोल गरे । एरिक विष्टले एक गोल थपे ।

खुमलटारका मेसुके ओलुमोउले एक गोल फर्काए ।

जितसँगै चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चर्च ब्वाइजले २ खेलमा ६ अंक जोडेको छ ।

पहिलो खेलमा चर्चले पुलिस क्लबलाई हराएको थियो ।

पहिलो खेलमा फ्रेन्ड्सलाई हराएको खुमलटारको यो पहिलो हार हो । खुमलटारले २ खेलमा ३ अंक जोडेको छ ।