images

‘ए’ डिभिजन लिग : फ्रेन्ड्स र थ्री स्टार बराबरीमा

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत  दोस्रो चरणको पहिलो खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लब बराबरीमा रोकिएका छन् ।

च्यासल मैदानमा भएको आजको खेलमा थ्री स्टारका प्रदिप लम्साल, योगेश गुरुङ् र अजयी मार्टिन्सले समान १ गोलगरेका हुन् । त्यस्तै फ्रेन्ड्सका कुशल फुयाँलले २ तथा अख्रोबेक उक्तामोभले १ गोल गरेका हुन् ।

बराबरीपछि दुवै टिमले लिगमा पहिलो एक अंक जोडेका छन् । यसअघि फ्रेण्ड्स उद्घाटन खेलमा एफसी खुमलटारसँग पराजित भएको थियो भने थ्री स्टार एपीएफसँग पराजित भएको थियो ।

यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।