images

अञ्जन विष्ट बने वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडी

काठमाडौं । फुटबलका अञ्जन विष्टले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड (२०७८) अन्तर्गत वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् ।

मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित १९ औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको विशेष समारोहमा फुटबलका विष्टलाई वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडी अवार्ड हस्तान्तरण गरिएको हो ।

क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पार्दै विष्टले वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन् ।