images
images

‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज तीन खेल हुँदैछन्। आज दशरथ रंगशालामा २ र च्यासल मैदानमा १ खेल हुनेछ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन्। पुलिस र हिमालयनबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ।

पुलिस पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा पुलिसलाई चर्च ब्वाइजले हराएको थियो। हिमालयन शेर्पा पनि पहिलो जितको योजनामा रहेको छ। पहिलो खेलमा हिमालयनले मनाङसँग बराबरी खेलेको थियो।

च्यासल मैदानमा हुने खेलमा एपिएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ। दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लव र संकटा क्लबबीच प्रतिष्पर्धा हुनेछ। मनाङ र संकटाबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS