images
images

‘ए’ डिभिजन लिगका पहिलो चरणका खेल सुरु

काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजका पहिलो चरणका खेल सुरु भएको छ ।

दशरथ रंगशालामा सुरु भएको पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब मैदान उत्रिएका छन् । जारि खेलमा पुलिस पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा पुलिसलाई चर्च ब्वाइजले हराएको थियो।

हिमालयन शेर्पा पनि पहिलो जितको योजनामा रहेको छ। पहिलो खेलमा हिमालयनले मनाङसँग बराबरी खेलेको थियो।

यस्तै, च्यासल मैदानमा सुरु भएको खेलमा एपिएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिष्पर्धा भइरहेको छ । एपीएफले पहिलो खेलमा थ्री स्टारलाई हराएको थियो । यस्तै, सातदोबाटोले पहिलो खेलमा एनआरटीलाई हराएको थियो ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लव र संकटा क्लबबीच प्रतिष्पर्धा हुनेछ। मनाङ र संकटाबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS