images

‘ए’ डिभिजन लिग : मनाङद्वारा संकटा १-० गोल अन्तरले पराजित

काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आजको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लवले जित निकालेको छ ।

दशरथ रंगशालामा आजभएको दोस्रो खेलमा मनाङले र संकटालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

मनाङको जितमा उज्वेकिस्तानका विंगर सेदजामोल दाभ्लातजोनोभले निर्णायक गोल गरे ।

त्यस्तै, लिग अन्र्तगतको आजको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लबले जित निकालेको छ ।

‘ए’ डिभिजन लिगमा हिजोदेखि दोस्रो चरणका खेल सुरु भएका हुन् । यस सिजनको ए डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ ।

यस पटकको लिगमा १ सय ८२ वटा खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।