images

ए डिभिजन लिग: दोश्रो चरणको समिक्षा, केहिले पाठ सिके, केहिले अँझै बुझ्न सकेनन्

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०२३ को दोस्रो चरण सकिएको छ र । दोस्रो चरणको खेल सकिदा १४ खेलमा कुल ३३ गोल भएको छ । पहिलो चरणमा १५ गोल भएकोमा दोस्रो चरणमा १८ गोल भयो ।

दोस्रो चरणको सात खेलमध्ये ७ वटै खेलमा गोल भएको छ । दोस्रो चरणमा थ्री स्टार र फ्रेन्ड्स क्लबबीचको खेलमा सर्वाधिक ६ गोल भयो।

दोस्रो चरणसम्म दुई गोल गर्नेमा चर्च ब्वाइजका आशिष चौलागाई, खुमलटारका मेसुके ओलुमोउ, जावलाखेलका सिमान्त थापा र सातदोबाटोका दिपक राज सिंह ठकुरी रहेका छन् ।
यस्तै एक गोल गर्ने खेलाडीमा चर्च ब्वाइजका आशिष चौधरी, फ्रान्कलिन क्वेटेला, एरिक बिष्ट, आर्मीका दीपक गुरुङ, नवयुग श्रेष्ठ, फ्रेन्ड्सका कौशल फुयाल, एख्रोबेब उक्तमोभ, थ्री स्टारका योगेश गुरुङ, प्रदिप लम्साल, मार्टिन अजयी छन् ।

त्यस्तै सातदोबाटोका विलियम एसिडेउ, मनाङका सेदजामोल दाभ्लातजोनोभ, रोशन राना मगर, पुलिसका रबि पासवान, एपीएफका मणि कुमार लामा, अर्मान्ड बेडोम, हिमालयन शेर्पाका सुरेश कुमाल, अमृत श्रेष्ठ, एनआरटीका निकोलस सङ, सन्जिब विष्ट, जावलाखेलका हिसुब थपलिया, एनकोटो मोसाबी, फोडे फोफाना र मछिन्द्रका देवेन्द्र तामाङ रहेका छन् ।

थ्री स्टारका अनिल महर्जनले एक आत्मघाती गोल गरेका छन् ।

दोस्रो चरणको खेल सकिदा चर्च ब्वाइज युनाईटेड ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । यस्तै जवालाखेल युथ क्लब ६ अंक जोडेर दोस्रो र सातदोबाटो युथ क्लब ६ अंक जोडेर तेस्रो स्थानमा छन् । त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा समान ४ अंक जोडेर क्रमश छैटौं स्थानमा रहेका छन् ।तीन अंक जोडेको एपीएफ क्लब र एफसी खुमलटार सातौं र आठौं स्थानमा रहेको छ ।फ्रेन्ड्स क्लब, संकटा क्लब, थ्री स्टार क्लब एक अंक जोडेर नवौं, दशौँ र ११ औं स्थानमा रहेको छ ।दोस्रो चरण सकिदा एनआरटी, नेपाल पुलिस र मछिन्द्र फुटबल क्लब अंक विहीन रहेको छ ।

यो सिजन खेलको दोस्रो हाफमा मात्र धेरै गोल भएको देखिन्छ।‌नयाँ तयार पारिएका टोलीले समान रणनीति के बनाएको देखिन्छ भने सकेसम्म पहिलो हाफमा सेफ साइडमा बस्न खोज्ने र दोस्रो हाफमा प्रतिद्वन्द्वीको‌ कमजोरिमा प्रहार गर्ने। यो सबैटोलिको एउटै सैद्धान्तिक अथवा theoretical tactics हो। हुनत नतिजाको लागि यो नराम्रो रणनीति होइन तर यसले हाम्रो फुटबलमा रहेको स्रोतको अभावलाई‌ भने मजाले नै देखाउँछ। सायद बानि भएर पनि होला हाम्रो टिमहरुले डबल राउन्ड रोबिन लिगलाई नकआउट जस्तै लिएर खेलेको भान हुन्छ। त्यो त्यसैले दोस्रो हाफमा बाइ हुक ओर क्रुक नतिजा निकाल्न खोज्दा लिगको सेकेन्ड राउन्डसम्म मै अधिकांस खेलाडीले चोट बोकेको देखिन्छ। हाइ ट्याकलमा अन्धाधुन्ध सहभागी भएको देखिन्छ। यसले खेलको दौरान धेरैजसो समय फिजियो मैदान प्रवेश गरेर खेलाडीको उपचारमा व्यस्त रहेको दृश्य देख्न सकिन्छ। सेकेन्ड राउन्डका खेलमा मात्र ३ पटक मैदानमै स्ट्रेचर बोलाउनु परेको थियो। सिजन भर्खरै सुरु हुँदैछ । स्तरिय खेलाडी अभावले सिथिल बनाइरहेको बेला लिग अगाडि बढ्दै जाँदा खेलाडीको‌ म्याच फिटनेस महत्वपूर्ण फ्याक्टर बन्ने निश्चित छ। यो बिचमा मोफसलका प्रतियोगिता पनि खेल्नु छ जहाँका मैदान त्यति राम्रा हुँदैनन्।

पहिलो खेलबाटै हेर्दा खुमलटारको डिफेन्स जुन फस्ट राउन्डमा फ्रेन्ड्स विरुद्ध सोलिड देखिएको थियो सेकेन्ड राउन्डमा चर्चबोइज विरुद्ध भने ज्यादै इमेच्योर देखियो। एक पछि अर्को एरर। त्यसैले टप टाएर लिगमा कन्सिस्टेन्सिको आवश्यकता हुन्छ। विथ डिउ रेस्पेक्ट खुमलटारले मेसुके, र बिनोङको दममा मात्र खेल जित्न सकिन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ।
चर्चबोइज नो डाउट बेस्ट टिम इन् द लिग टिल नाउ। क्विक डाइरेक्ट एन्ड ब्यालेन्स्ड। सो दे आर इन द टप अफ द टेबल। अन्जन आउन बाँकी नै छ।

त्यस्तै छ जावलाखेल पनि। उनिहरुको फाइटिङ् स्प्रिट सबैभन्दा ठुलो ट्याक्टिस हो। उनिहरू अरुलाई जिस्काउछन्। प्रोभोक गर्छन्। फ्रस्ट्रेड बनाउँछन्। जव आवश्यकता पर्छ आफ्नो फायर पावर युज गर्छन्। नो सर्परापज जावलाखेलले सेकेन्ड राउन्डमा पनि ६० मिनेट पछि नै आफ्नो वास्तविक खेल देखायो एनआरटीविरुद्ध।

जारि लिगमा यदि कुनै टिमले भेराइटिज् फुटबल खेलेको छ भने मनाङ्ले। किरण श्रेष्ठसँग सबै हतियार छ। शेर्पा बिरुद्ध ४-३-३ मा पोसेसन फुटबल खेलेर बलमाथिको पकडले गोल नदिएपछि संकटा बिरुद्ध भने ४-४-२ मा सेटब्याक र डाइरेक्ट काउन्टर ट्याक्टिस प्रयोग गरे। गोलस्कोरर साइदाजमोललाई सुरुवात गराए। हाफ स्पेसमा रन बनाउनु र पकेटलाई एक्सप्लोइट गर्न उनि एक्सपर्ट देखिए। नेपाली युवा र विदेशी खेलाडको‌ समझदारी सुन्दर छ।

संकटा आफ्नै संकटसँग जुधिरहेको छ। जारि लिगमा अहिलेसम्म गोल गर्न नसकेको टोली यहि हो । यति भन्दा बुझ्नुपर्ने कुरा उसँग सबैछ तर फिनिसर छैन। सुनिल श्रेष्ठ पहिलो खेलमा स्ट्राइक खेलेका थिए पछि वाइड खेले तर काम गरिरहेको छैन यो ट्याक्टिसले। उनले सुटिङ स्किलमा मेहनत गर्नसक्छन्‌।

यो राउन्डमा आर्मी निर्भिक देखियो। पहिलो राउन्डमा गोल गर्न संघर्ष गरेको आर्मीले आर्च राइभल मछिन्द्रलाई २-० ले हरायो। तर समस्या सायद अँझै बाँकी छ फ्रन्ट थ्रिमा स्टेबिलिटि अँझै आएको छैन। सेटपिस र पेनाल्टीमा गोल निकाल्न सक्यो।

यो राउन्डसम्म सबैभन्दा बिचरा टोली डिफेन्डिङ च्याम्पियन मछिन्द्रलाई‌ मान्न सकिन्छ। बिमल, निया जस्ता केहि मेजर एब्सेन्स त छन् तर मछिन्द्र बिगतको जस्तो रिदममा देखिदैन। लगातारको मोफसलको व्यस्त तालिकाले केहि फाटिग देखिन्छ। आर्मी विरुद्ध जम्मा २ सट अन टार्गेट थियो। अट्याक र डिफेन्सिभ मिडमा ब्याकअप नहुनुले उसलाई घाटा भैरहेको छ।

पुलिसको दुर्भाग्य जस्तोको तस्तै छ। शेर्पा विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएपनि फाइनल थर्डमा टोली सार्प छैन। बिकल्पहरु पनि छैन। स्क्वाड लिमिटेड देखिन्छ। न्याचुरल स्ट्राइकर नहुँदा सर्भिसलाई‌ फाइनालाइज गर्न सकिरहेको छैन।

हिमालयन शेर्पा यस्तो टोली देखिन्छ जो सँग भएका रिसोर्सेसलाई भरपुर प्रयोग गर्न लोभ गरिरहेको छ। बेन्च स्ट्रेन्थ राम्रो छ यद्यपि प्रेडिक्टेबल फुटबल देखाइरहेको छ। हरेक पटक क्लच गोलले उसलाई जोगाएको छ। विदेशी खेलाडीको कम्विनेसन मिलाउने चक्करमा सुरेस कुमालजस्ता युवा प्रतिभा ओझेलमा छन्। पुलिस बिरुद्ध उनलाई लेट सव्सटिट्युट गरियो तर इम्प्यसक्ट तुरुन्त देखाए र गोल सम्भव भयो। फाकुन्ले र प्रे्सटोनेले सहि एडप्ट गरे र सेलेक्सन सहि रह्यो भने यो टोली अन्स्टपेबल बन्न सक्छ।

एपिएफ सजक हुनुपर्ने बेला आयो। यस्तो लाग्छ यो टिमले अप्रत्यासित नतिजा निकाल्न सक्छ। तर सेटपिसमा अँझै मेहनत गर्न सक्छ। सातदोबाटो विरुद्ध १२ सेटपिस अवसर पाउँदा पनि गोल हुन सकेन। र दिपक सिङ ठकुरीको हाइ प्रेसमा डिफेन्स अलि स्लपि बनेको देखियो।

सातदोबाटो गत सिजनकै लयमा देखिन्छ। जारि लिगमा ट्रान्जिसनल स्विचमा सबैभन्दा फास्ट टिम। दिपकको फर्म आउटस्ट्यानडिङ छ। डिफेन्स अर्गनाईज्ड छ। ४-३-३ /४-३-२-१ मा अपोनेन्टलाई थाहै नदि ट्रान्जिट हुन्छ।

थ्रीस्टारको लागि राहत भनेको मार्टिन अजयि गोल स्कोरिङ फर्ममा आएका छन् तर गोल कन्सिडको समस्यालाई समाधान गर्नुपर्छ। सबैभन्दा अनुभवी डिफेन्स भएरपनि गोल रोक्न सकिरहेको छैन टप लेभलको गोलकिपिङ नहुँदा डिफेन्ससँगको कोर्डिनेसनमा कमि छ त्यसैले गोल कन्सिड गरिरहेको छ।

फ्रेन्डसको समस्यालाई भने सेट भैसकेपछि विदेशी खेलाडीले हल गर्नेछन् भन्ने अपेक्षा राखेको छ। पाटन डर्बिमा युवा कुसल फुयालको ब्रेसले भने आशा पलाएको छ।
सबैभन्दा तुलनात्मक रूपमा युवा टोली एनआरटीको लागि हरेक खेल पाठ जस्तै छ। प्रत्येक दिन नयाँ कुरा सिकाइको अनुभव लिइरहेको जस्तो। उनिहरू नतिजा भन्दापनि खेल शैली सुधार्नमा ध्यान दिइरहेको छ।

फस्ट राउन्डको रिजल्टबाट केहि टिमले पाठ सिके भने केहिले अँझै बुझ्न सकिरहेका छैनन् ।