images

सहीद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो चरणका खेलहरु आजबाट

काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजबाट तेस्रो चरणको खेलहरु सुरु हुँदैछन् । लिगको तेस्रो चरण अन्तर्गत शुक्रबार दुई खेलहरु हुनेछ ।

एन्फा कम्प्लेक्समा हुने आजको पहिलो खेलमा एफसी खुमलटार र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र थ्री स्टारबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

नवप्रवेशी क्लब खुमलटार दोस्रो जितको खोजीमा रहेको छ । खुमलटार २ खेलमा ३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

थ्री स्टार पहिलो जितको खोजीमा हुनेछ । थ्री स्टार २ खेलमा १ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

यस्तै दशरथ रंगशालामा हुने दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र चर्च ब्वाइजबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

हिमालयन आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । हिमालयन २ खेलमा ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

नवप्रवेशी क्लब चर्च ब्वाइज लगातार तेस्रो जितको खोजीमा रहेको छ । दुई खेलमा अपराजित चर्च ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

हिमालयनलाई हराउँदै चर्च ब्वाइज शीर्ष स्थान कायम राख्न चाहन्छ ।

तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ ।