images

‘ए’ डिभिजन लिगको पहिलो खेलमा खुमलटार र थ्री स्टार भिड्दै

काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो चरणको पहिलो खेल सुरु भएको छ ।

एन्फा कम्प्लेक्समा सुरु भएको आजको पहिलो खेलमा एफसी खुमलटार र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।

नवप्रवेशी क्लब खुमलटार दोस्रो जितको खोजीमा रहेको छ । खुमलटार २ खेलमा ३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

पहिलो जितको खोजीमा रहेको थ्री स्टार २ खेलमा १ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

यस्तै दशरथ रंगशालामा हुने दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र चर्च ब्वाइजबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।