images

‘ए’ डिभिजन लिग : थ्री स्टारको पहिलो जित

काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो चरणको पहिलो खेलमा थ्री स्टार क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा भएको आजको पहिलो खेलमा थ्री स्टारले एफसी खुमलटारलाई २-० गोल अन्तरले हराएको हो ।

खेलको दोस्रो हाफमा थ्री स्टारका अजयी मार्टिन्सले दुई गोल गरे ।

थ्री स्टारको यो पहिलो जित हो । जितसँगै थ्री स्टार ३ खेलमा ४ अंक जोडेको छ ।

नवप्रवेशी क्लब खुमलटारको यो दोस्रो हार हो । खुमलटारले ३ खेलमा ३ अंक जोडेको छ ।

यस्तै दशरथ रंगशालामा हुने दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र चर्च ब्वाइजबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।