images

‘ए’ डिभिजन लिग : हिमालयनलाई हराउदै चर्च ब्वाइजको लगातार तेस्रो जित

काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले तेस्रो जित जित निकालेको छ ।

दशरथ रंगशालामा भएको दोस्रो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले पारजित गरेको हो । चर्च ब्वाइजको जितमा आशिष चौधरीले निर्णायक गोल गरे ।

खेलको २० औं मिनेटमा आशिषले निर्णायक गोल गरेका हुन् ।

एरिक विष्टले मध्यभागबाट उपलब्ध गराएको लामो पासमा आशिषले उत्कृष्ट गोल गरेका थिए

तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ ।

यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।