images

सोमपाल कामीले क्यानडाको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले क्यानडाको एक घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

क्यानडामा आयोजना हुने फ्लावर सिटी टी–ट्वान्टी लिग २०२३ मा सोमपाल खेल्ने पक्का भएको हो ।

उक्त लिगका लागि सोमपाललाई ओटावा फाल्कोनले आवद्ध गरेको छ ।

सोमपाल आबद्ध टोलीमा वेस्ट इण्डिजका विकेट किपर चाडविक वाल्टन लगायतका खेलाडी आबद्ध रहेका छन् ।

६ टोलीको सहभागिता रहने सो लिग आगामी जुनमा आयोजना हुनेछ ।

लिगमा फल्कोनसहित टोरन्टो लायन्स,वाटरलोड किंग्स,ह्यामील्टन वन्डर्स,मिस्सिसौगा स्कोरपियन्स र ब्राप्टन राईट्सको सहभागीता रहने जनाइएको छ ।