images

‘ए’ डिभिजन लिगका आजका पहिलो चरणका खेलहरु सुरु

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजका पहिलो चरणका खेलहरु सुरु भएका छन् ।

च्यासलमा सुरुभएको खेलमा नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।

पुलिस पहिलो जितको खोजीमा हुनेछ । पुलिसले २ खेलमा अंक जोड्न सकेको छैन र १३ स्थानमा रहेको छ ।

संकटा पनि पहिलो जितको खोजीमा रहेको छ । संकटा २ खेलमा १ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

यस्तै दशरथ रंगशालामा जारी पहिलो खेलमा एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा भइरहेको छ।
एपीएफ आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । एपीएफ २ खेलमा ३ अंक जोडेर आठौं स्थानमा रहेको छ।

जावलाखेल लगातार तेस्रो जितको खोजीमा रहेको छ । दुई खेलमा अपराजित जावलाखेल ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।