images

‘ए’ डिभिजन लिग : संकटाको पहिलो जित

काठमाडौं । ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले पहिलो जित निकालेको छ ।

च्यासल मैदानमा शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० गोल अन्तरले हराउँदै संकटाले पहिलो जित निकालेको हो ।

संकटाको जितमा गणेश हमाल, रोशन पहरी र सुरज ज्यु ठकुरीले एक एक गोल गरे । जितसँगै संकटाले ३ खेलमा ४ अंक जोडेको छ ।

पुलिसको यो लगातार तेस्रो हार हो । पुलिसले ३ खेलमा अंक जोड्न सकेको छैन ।