images

‘ए’ डिभिजन लिग : एपीएफ र जावलाखेल बराबरीमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लब र जावलाखेल युथ क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा एपीएफ र जावलाखेलले गोलरहित बराबरी खेलेका हुन् ।

रोमान्चक खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् । त्यस्तै आजनै रंगशालामा हुने अर्को खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र सातदोबाटोबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ ।