images

‘ए’ डिभिजन लिग : सातदोबाटोद्वारा फ्रेन्ड्स पराजित

काठमाडौं । ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले जित हात पारेको छ ।

दशरथ रंगशालामा भएको प्रतियोगितामा फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले जित निकालेको हो । निर्धारित समयमा कुनैपनि टोलिले गोल गर्न नसके पनि थपिएको समयमा सातदोबाटोका दीपक राज ठकुरीले निर्णायक गोल गरे ।

तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ । प्रतियोगिता जेठ २५ सम्म चल्नेछ ।