images
images
images

युएईलाई १७७ रनले हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा जितसँगै नेपालले एकदिवसीय मान्यता जोगाएको छ। नेपालले युएईबिरुद्ध १ सय ७७ रनको ऐतिहासिक जित निकालेको हो।

नेपालले ३४ खेलबाट ३६ अंक जोड्दै चौथो नम्बरमा उक्लिएको छ। साथै नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ ।

हारसँगै यूएईले ओडीआई मान्यता गुमाएको छ भने अमेरिकाको ओडीआई मान्यता जोगिएको छ ।

नेपालका लागि सबैभन्दा धेरै ललित राजवंशीले पाँच विकेट लिए। उनले ७.५ ओभर बलिङ गर्ने क्रममा जम्मा २० रन खर्चिए।

सन्दिप लामिछानेले चार ओभरमा १४ रन दिएर दुई विकेट लिए। यसैगरी सोमपाल कामी एक, दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले एकएक विकेट लिए।

पछिल्लो तीन हप्तामा भएका १० खेलमा ९ वटा खेल जित्दै एकदिवसीय मान्यता जोगाएको हो। नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS